Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनुवाकोटको तत्कालीन त्रिशूलीगंगामाई गाउँ पञ्चायतका प्रधानपञ्चका छोरा रविनले ओली सरकारलाई कसरी फसाए ?

नुवाकोटको तत्कालीन त्रिशूलीगंगामाई गाउँ पञ्चायतका प्रधानपञ्चका छोरा रविनले ओली सरकारलाई कसरी फसाए ?


काठमाण्डौँ,चैत २१

कम्युनिस्टको बहुमतको सरकारलाई आफ्नो पक्षमा निर्णय गराउन सफल काठमाडौंमा मल्टिनेशनल नामको विज्ञापन एजेन्सीका मुख्य सञ्चालक रविन श्रेष्ठ राजनीतिक पृष्ठभूमि भने कम्युनिस्ट होइन । उनी मण्डले पृष्ठभूमिका व्यक्ति हुन् । उनका बुबा लीलाराम श्रेष्ठ नुवाकोटको त्रिशूलीगंगामाई गाउँ पञ्चायतमा गाउँ फर्कको समयका प्रधानपञ्च हुन् । २०३६ सालको जनमतसंग्रहको बेला उनी प्रधानपञ्च थिए । २०३८ सालको निर्वाचनमा चतुरमान श्रेष्ठले प्रधानपञ्चमा निर्वाचित भएका थिए । २०४३ सालमा त्रिशूलीगंगामाई समेत मिलेर विदुर नगरपञ्चायत बन्यो र त्यसको पहिलो प्रधानपञ्च शिव प्रसाद गजुरेल बने । उनी अहिले काँग्रेसका नेता छन् । नुवाकोटका पुराना पञ्चनेताहरु जितसिंह खड्का, अर्जुननरसिंह केसी, डा. प्रकाशचन्द्र लोहनी, श्यामबहादुर शाही, भद्रबहादुर खड्कालगायतका थिए । त्यसमा त्रिशूलीबजारका बहुमत अमात्यहरु डा. लोहनीका पक्षधर थिए भने श्रेष्ठहरु केसी खेमाका थिए । केही श्रेष्ठहरु भने जितसिंहको पक्षमा थिए । जितसिंह पञ्चायतका हस्ती भए पनि त्रिशूलीमा भने कमजोर थिए । लोहनी र केसीका अगाडि खड्का पक्षधर त्रिशूलीमा न्यून थिए । बरु केही श्रेष्ठहरु श्यामबहादुर शाही र भद्रबहादुर खड्का पक्षका थिए । रविनका बुबा लीलाराम भने केन्द्रमा जोगमेहर श्रेष्ठका पक्षधर थिए । २०४६ सालको आसपासमा लीलाराम श्रेष्ठको परिवार काठमाडौंको कालोपुल क्षेत्रमा बसाइ सरेर आएको थियो । बहुदल आएपछि उनीहरुको राजनीतिक पहुँच समाप्त जस्तै भयो । अर्जुननरसिंहहरु काँग्रेस पेस भने त्रिशूली केही व्यक्तिहरु राप्रपा बनेर बसे । रविन बाबुसँगै काठमाडौं आएपछि यतै आफ्नो अध्ययन र पछि व्यवसायमा लागे । उनले व्यवसायमा धन आर्जन गर्दै गएपछि राजनीतिक रुपमा पनि पहुँच बनाउन थाले । रविनको काठमाडौंमा अल्फाबिटा कम्प्लेक्सका सञ्चालक झापाका युवराज शर्माको परिवारसँग पारिवारिक सम्बन्ध स्थापित भयो । त्यही सम्बन्धको कारण उनले तत्कालीन नेकपा एमालेको एउटा खेमासँग राजनीतिक पहुँच बढाए । रविन्द्रनाथ श्रेष्ठलाई यसअघि सडक विभागको महानिर्देशक बनाउन उनै रविनले भूमिका खेलेका थिए । सडक विभाग तथा विभाग मातहतका कार्यालयहरुमा सबै सामान आपूर्तिमा रविनले केही वर्ष अगाडिदेखि नै कब्जा जमाएका थिए । रविन्द्रनाथ महानिर्देशक भएको बेला उनले धेरै नै सामानको सप्लाई गरे । सडकका धेरै हाकिमहरुसँग उनको अहिले पनि सुमधुर सम्बन्ध छ ।

हाल नेपाल सरकारको सिँचाइतर्फका सचिव रविन्द्रनाथ श्रेष्ठ सडकमा महानिर्देशक हुँदा रविनले पहुँचको आधारमा काम मात्र लिएनन् पछिल्लो समयमा न्यूनतम व्यावसायिक धर्म पनि निर्वाह गरेनन् । रविन्द्रनाथ श्रेष्ठ महानिर्देशक भएको बेला उनको धेरै चुरीफुरी बढ्यो । महानिर्देशक श्रेष्ठ कतिपय बेला विभागको गाडी छाडेर उनै रविनको गाडी चढेर सडकका तत्कालीन क्षेत्रीय कार्यालय र विभागबाटै बाहिरिन्थे र पुतलीसडकमा रहेको उनै रविनको कार्यालयमा व्यावसायिक योजना बनाउँथे । स्रोतका अनुसार रविनले विभिन्न व्यक्ति प्रयोग गरेर रक्षामन्त्री ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, नुवाकोटेको नाता जोड्दै विष्णु रिमाल तथा अल्फाबिटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ समेत पहुँच बनाएका थिए । ओलीको जन्म दिन मनाउन रविन गत फागुनमा तेह्रथुम नै पुगेका थिए । तर, प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा विष्णु रिमाललाई विश्वास दिलाएर पनि रविन संलग्न ओम्नी ग्रुपले कोरोनासम्बन्धी औषधि तथा स्वास्थ्य उपकरण ल्याउन आलटाल गरेपछि रविनको वर्तमान सरकारसँगको सम्बन्ध धुमिल मात्र भएको छैन भंग नै भएको छ । ओम्नी ग्रुपमा थोरै सयेर भए पनि रविन प्रवक्ता पनि हुन् । चार जना सेयर होल्डर रहेको उक्त ओम्नी नामको कम्पनीमा रविनको सेयर १५ प्रतिशतको हाराहारीमा रहे पनि राजनीतिक समीकरण मिलाएर आपूर्तिको लागि जिम्मा लिन सफल भएका थिए । अनुभव नभएको क्षेत्रमा एक करोड तीन लाख अमेरिकी डलरको सामान आपूर्ति गर्न सक्छु भनेर लिखित प्रतिबद्धता व्यक्त गर्नु उनका लागि दुर्भाग्य जस्तै हो । रविनले नेपालमा सडकका कामदारलाई चाहिने सामान तथा सडकका कार्यालयहरुमा स्टेसनरी, कार्पेट तथा पर्दा सप्लाई गर्ने र रंगरोगन गर्ने कामको जिम्मा लिएर ढिला गरेर आलटाल गरेको जस्तै औषधि सप्लाईमा गर्दा ओली सरकारको सर्वाधिक आलोचना मात्र भएको छैन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको जागिर नै जानेसम्मको काम भएपछि तत्कालीन नेकपाका नेताहरु अब रविनको पक्षमा लाग्ने सम्भावना समाप्त जस्तै भएको छ । रविनको कारण प्रधानमन्त्री ओलीको अहिलेको सचिवालय मात्र होइन उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्य मन्त्री ढकाललगायतको पनि सर्वाधिक बदनाम भएको छ । यो औषधि आपूर्तिमा रविनको कारण उपप्रधानमन्त्री पोखरेल, राजनीतिक सल्लाहकार रिमाललगायतका व्यक्तिहरुको अप्रत्यक्ष सम्बन्ध रहेकामा कुनै शंका नरहेको नेकपाका एक नेताले आर्थिक दैनिकलाई बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x