Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनएमबी बैंकको मोबाइल बैंकिङबाट आईएमई–पेमा पैसा लोड गर्न सकिने

एनएमबी बैंकको मोबाइल बैंकिङबाट आईएमई–पेमा पैसा लोड गर्न सकिने


काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’मा अब एनएमबी बैंकको खाता भएका ग्राहकहरूले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आईएमई–पे र एनएमबी बैंकबीच भएको सम्झौताअनुसार अब बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई–पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकलाई एनएमबी बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ यो सुविधा सुचारु गरिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया