Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको मस्कट ‘नागरिका’ सार्वजनिक

सिटिजन्स बैंकको मस्कट ‘नागरिका’ सार्वजनिक


काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई थप सरलीकृत बैंकिङ अनुभव प्रदान गर्न नयाँ ए आईच्याटबट सुविधा ‘नागरिका’ मस्कटको सुरुवात गरेको छ । बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन् ।

बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ । च्याटबट ए एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ । यस सुविधाले ग्राहकहरूलाई बैंकसँग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रियाहरू प्राप्त गर्न सक्षम पार्छ ।

च्याटबटमार्फत, ग्राहकहरूले सरल र सहज संवादात्मक इन्टरफेसमार्फत विभिन्न बैंकिङ गतिविधिहरू गर्न सक्छन्, जस्तैः खाता मौज्जात जाँच, खाता उच्च ब्याजदर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुविधाहरू उपलब्ध रहेका छन् । ग्राहकहरूले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा मार्गदर्शन प्राप्त गर्न सक्नेछन् । त्यसका साथै डाटा गोपनीयता र सुरक्षाको लागि बैंकको प्रतिबद्धताको एक भागको रूपमा, च्याटबटले ग्राहकहरूको जानकारी सुरक्षित समेत गर्नै बैंकले जनाएको छ ।

बैंकले देशभर एक सय ८२ वटा शाखा, तीन वटा विस्तारित काउन्टर, एक सय ३८ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइरुबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया