Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती

कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती


एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन÷तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक÷एक विकेट लिए । राससका अनुसार पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया