Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा

नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा


नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको हो । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।

यसअघि,नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन÷तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक÷एक विकेट लिए ।

पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउदा ठूलो पानी परेर खेल रद्द भएको थियो । नेपालको बलिङमा करन केसीले ५ विकेट र सोमपाल कामिले १ विकेट लिएका थिए ।

मुलपानी किक्रेट गा्रउन्डमा भएको (यूएई) र ओमन विचको अर्को खेलमा (यूएई) समूह विजेता बनि फाइनलमा पुगेको छ । पानीले खेल अबरुद्ध भएपछि डिएल मेर्थडबाट यूएई २ रनले विजयी हुदै सोमबार नेपालसँग फाइनल खेल्न सफल रह¥यो । सोमबार फाइनलमा बिजेता बन्ने टोली एसिया कपका लागि छनोट हुने छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया