मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय :गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन्।
शनिबार सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए। उनले थपे, “भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।”
बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि रु एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरेकी छन् । बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षक दरबन्दी थप्ने निर्णय
- बाढीबाट क्षति भएका संरचनाको छिटो मर्मत गर्न आग्रह
- सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
- क्यान महासंघका अध्यक्ष पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित
- रियलमीको शून्य प्रतिशत ईएमआई अफर
- साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विपत् प्रभावितलाई सहयोग
- वनस्पति घ्यु तेल उत्पादक संघको सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया