Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्षत्रपाटी निःशुल्क चिकित्सालयमा सबै पदाधिकारी निर्विरोध

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा सबै पदाधिकारी निर्विरोध


काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयको वैशाख १६ गते सम्पन्न कार्यसमितिको निर्वाचनमा अध्यक्ष लगायत सबै पदमा उठेका उमेदवारहरु निर्विरोध रुपमा निर्वाचित भएका छन । उक्त निर्वाचनमा अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन ।

अस्पालको उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा डा कृष्टिना श्रेष्ठ, सचिवमा जगदिश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद मानन्धर र सदस्यहरुमा डा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित कार्यसमितिका पदाधिकारवाहरु तथा सदस्य प्रमापत्र वितरण, बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजित समारोहमा अस्पतालले तीन सय ३५ जना बिरामीहरुको निःशुल्क रगत परीक्षण गरेको छ । त्यस्तै, अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको अस्पतालले जनाएको छ ।

यसैबीच, नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिद्वारा निर्विरोध घोषणा गरिएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । २०१३ सालमा स्थापना भएयता क्षत्रपाटी निःशुल्क चिकित्सालयमा निर्विरोध कार्यसमिति चयन भएको यो पहिलो पटक हो ।

प्रमाणपत्र वितरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालय आगामी दिनमा राष्ट्रिय अस्पतालको रुपमा परिचय बनाउने बताउँदै अस्पतालले पु¥याउँदै आएको गुणस्तरीय स्वास्थ सेवाबाट सहरी क्षेत्रका जनताले राम्रो लाभ पाएको बताए ।

नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालय अब नेपालकै अत्याधुनिक अस्पताल बन्ने अभियानमा रहेको बताए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक मोडुलर अप्रेशन थिएटरसहितको अस्पताल निर्माण भइरहेको बताए । हालको पुरानो भवनलाई गणेशमान सिंह भवनको रुपमा नयाँ भवन बनाएर क्षत्रपाटी अस्पताल देशकै गौरवयोग्य बनाएरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष कुमारदेव मानन्धरले गरिब, असहाय जनतालाई निःशुल्क उपचार गर्ने परिचय बनाएको अस्पतालले आगामी दिनमा सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्न वडावासी तथा अन्य नागरिकले पाउने बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया