Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको बृहत् वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंकको बृहत् वित्तीय साक्षरता


काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनका रूपमा मनाउने अभियान अनुरूप मुक्तिनाथ विकास बैंकले शुक्रबार र शनिबार देशभर घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता पुराउन र बैंकिङ सेवा सुविधाहरूको जानकारी दिन देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

यो कार्यक्रमको आयोजना देशभरका विभिन्न विद्यालय तथा कलेज, समुदाय केन्द्र तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल नारा बोकेको यस बैंकले आफ्नोे नारालाई मनन गर्दै कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक सेयरधनीहरूको सहभागिता रहेको थियो ।

बैंकले विधार्थी, जनमानस तथा ग्राहकहरूमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरूले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनसम्बन्धी जानकारी पाउने विश्वास लिएको छ । यसबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया