डीजी पेको सहकार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डीजी पे प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायीहरु तथा संस्थाहरुसँग सहकार्य गरेको छ । कम्पनीले पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे समेत जानकारी गराएको छ ।
डीजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रेन्चाइजीको अवधारणा लिएर आएको बताएको छ । डीजी पेमा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताविना आबद्ध हुुन सक्नेछन् ।
भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ । कम्पनीले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको उल्लेख गरेको छ । साथै थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ ।
योजनाअन्तर्गत फ्रेन्चाइजीहरूले डीजी पेसँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको टार्गेट पूरा भएको अवस्थामा प्रतिमहिना चार लाखदेखि पाँच लाख रुपैयाँसम्म कमाउनसक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुुर पाण्डेले बताए । उनले डीजी पेमा व्यवसायीहरू निःशुुल्क रुपमा आबद्ध हुन सक्नेछन् । यसमा आबद्ध हुँदा पाँच सय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, स्टार हस्पिटलको आठ सय २५ रुपैयाँको दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, वान्टीवान फस्ट टिचको डिजिटल मार्केटिङ/एप डेभलपमा विशेष छुट, विनभ क्रियसनको सोसल मिडिया कन्टेन्ट क्रियसन १५ हजार रुपैयाँमा पाइने साथै डेलिभरी पार्टनर ईभी करियरबाट एकै दिनमा पिकअप र ड्रप तथा अन्य सेवाहरु प्राप्त गर्नसक्ने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया