“श्रमजीवी वर्गले पु-याएको योगदानप्रति म उच्च सम्मान प्रकट गर्दछु” : मुख्यमन्त्री कार्की
विराटगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।
उनले देश तथा विदेशमा रहेका सबै श्रमिकहरुलाई शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
“वि.सं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु-याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु”, मुख्यमन्त्रीले भने ।
उनले श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
- कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन
- बेपत्ता दुवैजनाको शव गोताखोर टोलीद्वारा निकालियो
- अनियन्त्रित राजनीतिक खर्च र विदेशी ऋण
- सार्वजनिक स्वास्थ्य र जलवायु अनुकूलन
- उपभोक्ताले खोजेका बेला सरकार गायब
- नेपाली श्रमिकलाई तत्काल इजरायल नपठाइने
- फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुग्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया