Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बीमा कम्पनीले पाँच प्रतिशत लाभांश दिने

नेपाल पुनर्बीमा कम्पनीले पाँच प्रतिशत लाभांश दिने


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये चुक्ता पुँजीको चार दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया