Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल रेमिट र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता

नेपाल रेमिट र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता


काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स् ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालयमार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका साथै ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन् ।

नेपाल रेमिट इन्टरनेसनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा तत्काल रकम जम्मा हुने व्यवस्था गरेको छ । यस्तै देशभर रहेका १५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै रेमिट्यान्स भुक्तानी लिन सकिन्छ । ग्रीन डेभलपमेन्ट बैंकले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया