Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनमस्ते–पेको प्रमुख कार्यकारीमा पोखरेल

नमस्ते–पेको प्रमुख कार्यकारीमा पोखरेल


काठमाडौं । नमस्ते–पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । पोखरेलले वैशाख १७ गते आइतबारदेखि कार्यभार सम्हालेका छन् । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले पोखरेललाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ पोखरेलले बैंकको पहुँच नभएका स्थानमा पनि आधुनिक सेवा उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने उद्देश्यसहित काम गर्न केन्द्रित हुने बताए । पोखरेलसँग बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

यसअघि पोखरेलले एफवान सफ्ट इन्टरनेसनल र एमएन नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । पोखरेलले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरिसकेका छन् । उनीसँग यूकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया