Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयेज्दी मोटरसाइकल नेपालमा सार्वजनिक

येज्दी मोटरसाइकल नेपालमा सार्वजनिक


काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतीक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ । क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार येज्दी मोटरसाइकल तीन मोडेल रोडस्टर, स्व्रm्याम्बलर र एडभेन्चरमा उपलब्ध हुनेछन् । प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको छ भने सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कुल्ड, डीओएचसी इन्जिनले सुसज्जित छन् । यस उन्नत सुविधाहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने मोटरसाइकलको मूल्य नौ लाख १६ हजारदेखि नौ लाख ९८ हजार रुपैयाँसम्म पर्दछ ।

येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्विन एक्जस्ट सिस्टम पनि छ, जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ । एन्टि–लक ब्रेकिङ सिस्टम (एबीएस) र स्लिपर क्लचजस्ता सुविधाहरूसहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ । येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटिकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको छ ।

रोडस्टर एक क्लासिक क्रूजर हो, जसले आधुनिक सुविधाहरूको साथ रेट्रो डिजाइनलाई संयोजन गर्ने भएकाले यसलाई लामो सवारीको लागि उत्तम मोटरसाइकल मानिन्छ । स्क्रयाम्बलर सहरी सडकदेखि अफ–रोड ट्रेलहरूसम्म ह्यान्डल गर्नसक्ने मोटरसाइकल हो । एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावटअनुसार उन्नत सुविधाहरू र उत्कृष्ट प्रदर्शनको साथ डिजाइन गरिएको कम्पनीको दाबी छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले विश्वस्तरीय उत्पादनहरू नेपाली दर्शकमाझ पु¥याउने र उपभोक्ताहरूको अपेक्षाहरू पूरा गर्ने कम्पनीको लक्ष्य रहेको बताए । सोहीअनुरुप येज्दी मोटरसाइकलका नयाँ तीन मोडेल नेपाल भित्र्याइएको उनले जानकारी दिए । येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया