Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला


तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ ।

मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया