अमेरिकी राजदूत थम्पसन नाम्चेमा
सोलुखुम्बु । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन् । सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदूत थम्पसनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
अमेरिकाको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चाहेको उनको भनाइ छ । जिन विथ टेकर सन् १९६३ मे १ तारिखका दिन पहिलो अमेरिकी नागरिकको रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । हाल ९५ वर्षका टेकर अमेरिकामै रहेको बताइएको छ । उनले आरोहण गरेको ६० वर्ष पूरा भएको उपलक्ष्यमा अमेरिकी दूतावासले नाम्चेको हिमालय माविमा आयोजना गरेको कार्यक्रममा राजदूत थम्पसनसहित, पूर्वराजदूत दापुटी शेर्पा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए । हेलिकोप्टरमार्फत नाम्चे आएका राजदूत थम्पसन मौसम प्रतिकूलताका कारण फर्किन नसकेको बताइएको छ । राजदूतसहितको टिम सोमबार नाम्चेमै रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया