Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहराइनमा १२ नेपाली कोरोना भाइरसबाट संक्रमित

बहराइनमा १२ नेपाली कोरोना भाइरसबाट संक्रमित


काठमाण्डौं,चैत २३

बहराइनमा रहेकामध्ये १२ जना नेपालीमा नोवल कोरोनाभाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनको स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा नौ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएसँगै बहराइनमा रहेका नेपालीहरुमध्ये १२ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ ।दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समयअगाडि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएपश्चात् त्यहाँ कार्यरत करिब चार सय जनालाई क्वारेन्टाइन गरिएकोमा हाल थप नौ जना नेपालीमा संक्रमण पुष्टि भएको छ । बहराइन अधिराज्यमा २ अप्रिल २०२० (बुलेका ८ बजे) सम्ममा ३६ हजार पाँच सय छ जनामा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिएकोमा संक्रमित व्यक्तिहरुको संख्या दुई सय ५८ जना रहेकोमा तीन जना चिन्ताजनक अवस्थामा रहेको छन् भने संक्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको संख्या तीन सय ८१ पुगेको संक्रमित हुनेमा पछिल्लोपटक थप नौ जना नेपाली नागरिक रहेको हुदाँ संक्रमित नेपालीको संख्या १२ जना पुगेको छ ।

प्रधानमन्त्रीको चासोप्रधानमन्त्री केपी शर्मा ओली बहराइनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाप्रति चासो राखेका छन् । उनले आफनो ट्विटरमार्फत सो कुराको जानकारी दिएका छन् । उनले ट्विटरमा सो क्रममा शनिबार नेपालीहरुको अवस्था बुझ्नको लागि बहराइनका प्रधानमन्त्री सेख खालिफा बिन सल्मान बल खालिफासँग फोनमा कुराकानी गरेका छन् । कुराकानीको क्रममा नेपालीहरुको सुरक्षालाई लिएर बहराइन सरकारले चासो दिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । उनले सो सहयोगको लागि बहराइन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । बहराइनमा उल्लेनीय संख्यामा नेपालीहरु रहेका छन् । बहराइनमा हालसम्म कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या चार जना रहेकोे विज्ञप्तिमा भनिएको छ, ‘बहराइन सरकराले संक्रमण प्रसार नियन्त्रण नआउँदासम्मका लागि पाँच जना वा सोभन्दा कम संख्या मात्र भेला हुन पाउने तथा पार्क तथा समुद्र किनारमा घुमघाम गर्न निषेध गरेको छ ।संक्रमण प्रसार रोकथाममा थप प्रभावकारिताका लािग संक्रमितहरुले क्वारेन्टाइन अवज्ञा गरेको पुष्टि भएमा तीन महिनासम्म जेल सजाय अथवा बहराइनी दिनार एक हजारदेखि १० हजारसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ भने थप संक्रमण रोक्ने उद्देश्यले कुनै भेला सभा समारोह नगर्न यहाँको श्रम मन्त्रालयले सबैमा अपिल गरेको छ ।

सरकराले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने तथा जिम, स्विमिङ पुलहरु प्रयोगमा रोक लगाएको छ भने होटेल रेष्टुरेन्टबाट सामान लिने तथा डेलिभरी सेवा मात्र उपलब्ध गर्ने जनाएको छ । कोरोना भाइरस रोकथामा प्रयास थप सुदृढीकरणका लागि २६ मार्च २०२० बेलुका ७ बजे देखि ९ अप्रिल २०२० बेलुका ७ बजेसम्मका लागि रिटेल शपहरु बन्द रहने छ भने ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्ष्ण देखिएमा बहराइनको टोल फ्रि नं ४४४ मा सम्पर्क गर्ने सक्नेछन् । मन्त्रालयका अनुसार कोरोना संक्रमितहरुको उपचारपश्चात् डिस्चार्ज हुनेको संख्या गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) मुलुकहरुमध्ये बहरारइनमा सबैभन्दा उच्च रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x