Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको एम१४ फाइभजी नेपाली बजारमा

सामसङको एम१४ फाइभजी नेपाली बजारमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ फाइभजी मोबाइल नेपाली बजारमा उपलब्ध गराएको छ । यो फोनमा ५० एमपीका तीनवटा क्यामराहरु छन् । साथै यसमा भएको एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्ने बताइएको छ । साथै यसमा सेल्फी खिच्नका लागि १३ एमपीको फ्रन्ट क्यामरा जडित छ ।

कम्पनीले मोबाइलमा छ हजार एमएएच ब्याट्री रहेको र एकपटकको चार्जमा दुई दिनसम्म चलाउन सकिने दाबी गरेको छ । यो स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यो मोबाइलमा फाइभ एनएम एक्जिनस १३३० प्रोसेसरजडित रहेकोले प्रयोगकर्ताले कुनै बाधाविना काम गर्न सक्नेछन् । यसले उत्कृष्ट गेमिङ अनुभवका लागि सहज र थ्रिडी ग्राफिक्स उपलब्ध गराउने दाबी कम्पनीको छ । यस्तै मोबाइलमा जडित ¥याम प्लस विशेषताले १२ जीबीसम्म -यामको क्षमता बढाउन सकिने बताइएकोे छ ।

मोबाइलमा ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ठूलो स्क्रिनले उपभोक्ताहरुका लागि सामाजिक सञ्जाल फिडमार्फत स्क्रोल गर्न सजिलो बनाउनेछ । यस्तै यो मोबाइलको नेटवर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो फोनमा वित्तीय एप्लिकेसन, निजी आईडी र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ फाइभजीको लागि दुई पुस्तासम्म ओएस स्तरोन्नति र चार वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ ।

यो फोन आइसाई सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन रङमा उपलब्ध छ । कम्पनीका अनुसार ६ प्लस १२८ जीबीयुक्त ग्यालेक्सी एम १४ फाइभजीको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो मोडल २०२३ मे तीनदेखि देशभरका सबै शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया