काठमाण्डौं,चैत २३
यतिबेला राज्य जतातातै कोरोनामय भएको छ । त्यसै पनि कोरोनाकै नाममा देश बन्द भएको दुई हप्ता बित्न लागेको छ । यस्तो बन्दमा नेपाल मात्र होइन संसार नै परेको छ । त्यहीमध्येका एउटा भाग हो, नेपालको यो बन्द पनि । यी सबै कोरोनाको कारण हो तर यही कोरोनापीडितले भने सकेसम्मको अपमान खेप्न परिरहेको छ । कोही पनि एउटा मान्छे कोरोना संक्रमित हुन चाहँदैन । संसार आज कोरोनाबाट पराजित भएको छ । त्यसको एउटै मात्र कारणमा यसले के गर्छ भन्ने थाहा नपाउनु नै हो भनिरहेका छन्, शक्तिसम्पन्न राष्ट्रहरू पनि । वास्तवमा यो एकप्रकारको अज्ञात सत्रु नै हो, जसको अघिल्लो कदम कस्तो हुन्छ भन्ने कसैले भेउ पाउने अवस्था देखिएको छैन । त्यसैकारण क्षति पनि कल्पना नगरिएको स्तरमा बढिरहेको अवस्थामा छ । यस्तो समयमा एउटा कुनै संक्रमित नै भएको छ भने पनि त्यसको दोष के थियो भन्ने प्रश्न उठ्छ, उसप्रति गरिएको व्यवहारबाट ।
तर, स्थिति कस्तोसम्म देखियो भने संक्रमित र त्यसको आशंकामा उपचार गर्दागर्दै मरेकाहरूले मलामी पनि पाएनन । नेपालमा संक्रमित अवास्थामा नै मृत्यु भएकाहरूको उदाहरण छैन । तर संक्रमितले उपचारका क्रममा जस्तो ज्यादती अर्थात् तिरस्कार पाए, मेरपछि तिनको लास पनि त्यस्तै तिरस्कारमा परेका पाइयो । यो ठाउँमा अर्को पक्ष पनि देखियो जो झनै दुःखद छ । पहिले कोेरोना संक्रमित भनी शंकामा उपचारमा लगिँदा नै उनीहरूप्रति अपहेलनाको कहर सुरु भएको अवस्थामा नै यता मृत्यु हुने र मृत्युपछि उनमा संक्रमण नभएको रिपोर्ट प्राप्त हुने घटना बढिरहेका छन् । तर, यता संक्रमित भएका कारण नै होला त्यो ज्यानले जिवित हँुदासम्म सही उपचार नपाएको भन्ने नै जताततै गुनासो रहेको पाइयो । त्यसको पछिलो उदाहरण मृत्यु भएको हप्ता दिनसम्म पनि लास नउठेको घटनालाई लिन सकिन्छ । दिनैपिच्छे आइरहेका समाचारअनुसार बुटवल–रूपन्देहीको सैनामैना ४ सैसौडाँडाका ३४ वर्षीय बाबुराम थापाको गत १६ चैतमा बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर, उनको शव ६ दिन बित्दासम्म पनि उठ्न सकेन । उपचारका क्रममा पहिले उनमा कोरोनाको लक्षण देखिएको बताइयो । त्यसै कारण होला उपचार पनि कोरोना अस्पतालको आइसोलेसन वार्डमा नै भयो । त्यही क्रममा उनको मृत्यु भयो । कसैको पनि मृत्यु निश्चय नै दुःखद घटना हो ।
यो ठाउँमा जुन कुराको आशंका गरिएको थियो त्यो चाहिँ उनको मृत्युको कारण थिएन । उनलाई एक्कासी उच्च ज्वरो र सास फेर्न समस्या भएपछि १३ चैतमा अस्पतालमा उपचारका लागि लगिएको र १६ चैत्रमा मृत्यु भयो । यता उनी संक्रमित रहेनछन् जसको रिपोर्ट आउन नै तीन÷चार दिन लाग्यो । यस्तो रिपोर्ट समयमा नआउँदा मृत्यु भैसकेपछि त्यो लासले पाउनुपर्ने स्वाभाविक सदगद पनि पाएन । उल्लिखित विवरणले नै यो कुरा बताउँछन् । यदि यो रिपोर्ट समयमा पाइएको भए यो मृत्यु पनि अरुजस्तै दुःखद भए पनि सामान्य हुने थियो । छरछिमेकको सहयोगमा सदगद हुने थियो । पहिले शंकाले गर्दा यो लासको छेउमा कोही परेनन् जो स्वाभाविक पनि हो । लासको सदगदभन्दा पनि संक्रमणको विस्तार झनै ठूलो कुरा हुने नै भयो । यसैकारण लास नउठेको हुनुपर्छ । यस्तो बेलामा अनुमान गरौँ यो मृत्यु संक्रमणका कारण भएको थियो भने र यतिका दिनसम्म मृत शरीर त्यो संक्रमण बोकेर यो ठाउँमा रहेको भए हालत के हुने थियो ? यो प्रश्नले उत्तर खेजिरहेको छ, खासगरी कोरोनामय भएको यो सन्दर्भमा । यो एउटा नमुना उदाहरण हुनुपर्छ तर जताततै यस्ता घटना बढिरहेका छन् । सरकारको ध्यान गएको पाइएन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया