Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले उक्लियो सेयर बजार

दोहोरो अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव १८ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार १२ दशमलव ७३ अंकले उकालो लागेर १८ सय ६९ दशमलव ७३ बिन्दुमा चढ्न सफल भएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य सात अंकले उकालो लागेर तीन सय ५७ दशमलव ९१ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार छ सय ५५ पटकको कारोबारमा २५ लाख ३३ हजार सात सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया