Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाईफको क्रुज डिनर

नेशनल लाईफको क्रुज डिनर


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि दुई रात तीन दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरु सहित देशै भरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब चार सय वरिष्ठ अभिकर्ताहरु कार्यक्रममा सहभागि थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया