Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमाजसेवी श्रेष्ठ सम्मानित

समाजसेवी श्रेष्ठ सम्मानित


काठमाडौ , जिपी कोईराला फाउण्डेशन दोलखाले समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई सम्मान गरेको छ । फाउण्डेशनले श्रेष्ठलाई ‘लौहपुरुष गणेशमान सिंह पुरस्कार– २०८०’ सम्मान गरेको हो । उनलाई पुर्वप्रधानमन्त्री स्व। गिरिजा प्रसाद कोईरालाको १३ औँ स्मृति दिवसको अवसरमा सन्चालित ‘भिमबहादुर तामाङ स्मृति निशुल्क कोचिङ कक्षा’को समापनको अवसरमा सम्मान गरिएको हो ।

कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । फाउण्डेशनले कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित गरि परीक्षा तयारी स्वरुप एक महिनासम्म निःशुल्क कोचीङ कक्षा संचालन गरेको थियो । उक्त कक्षा संचालनको लागी समेत श्रेष्ठले सहयोग गरेको फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

साथै श्रेष्ठले आफ्ना मातापिताको नाममा एक लाख रुपैयाँ बराबरको ‘नानीकुमारी/दिलबहादुर श्रेष्ठ’ अक्षय कोष स्थापना गरि दोलखा जिल्लाको बिभिनन्न विद्यालयका गरिब तथा जेहेन्दार २०० जना भन्दा बढी बिधार्थीहरुलाई निःसुल्क रुपमा अध्ययन गर्न सहयोग गरेकी छिन् । यस्तै उनले बालबालिका तथा जेष्ठ नागरिकहरुलाई पनि सहयोग पुराउदै आएकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया