मञ्जुश्री फाइनान्सले कमायो १७ करोड मुनाफा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड १७ लाख २१ हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ११ करोड ३० लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ अर्ब ५२ करोड ३७ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३५ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५० करोड ८७ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको तीन दशमलव ३६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १० अर्ब ४१ करोड १० लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७१ करोड २४ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ८६ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको एक दशमलव ५४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया