रिलायन्स फाइनान्सको नाफा ४६ लाख ३९ हजार
काठमाडौं । रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा तीन करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
एक अर्ब पाँच करोड ३० लाख छ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ५६ करोड ८१ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३४ करोड तीन लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १५ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सकोे निष्क्रिय कर्जा चार दशमलव २६ प्रतिशत छ । वितरणयोग्य नाफा तीन करोड ८१ लाख ९४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।
फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ६७ करोड दुई लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड १७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ६१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया