नेपाल चेम्बर एक्स्पो हुने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२३’ हुने भएको छ । आगामी जेठ ४ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीकक्ष, प्रदर्शनी मार्गमा एक्स्पो हुनलागेको हो । चेम्बरले यस मेलामा व्यापारिक अन्तक्र्रिया, आयातनिर्यातको सूचना आदानप्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको जनाएको छ ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले जानकारी दिए । यस्तै गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य राखेको छ ।
चेम्बरका अनुसार मेलामा बंगलादेशका उद्योगी व्यवसायीहरुले पनि सहभागिता जनाउनेछन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, फ्लोरिङ र फर्निसिङ, गृहउपकरण, फेसन पहिरन र सहायक उपकरण, गार्मेन्ट र टेक्सटाइल, मोबाइल र ग्याजेटहरू, हाइड्रो, हस्तशिल्प र ह्यान्डलूम, जुत्ता र छालाका वस्तुहरू, सौन्दर्य प्रसाधन, खाद्य र दुग्ध उत्पादनहरूको प्रदर्शनी गरिनेछ । आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्नसक्ने चेम्बरको विश्वास छ ।
मेलाको अफिसियल इन्सूरेन्स प्रभु इन्सुरेन्स रहेको छ भने इन्टरनेट पाटर्नरको रुपमा क्लासिक टेक प्रालि रहेको छ । यस्तै एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको चेम्बरले जनाएको छ । यस मेलामा एक सय ५० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहनेछन् । साथै धमाधम स्टलहरु बुकिङ भइरहको चेम्बरले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया