झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ
काठमाडौं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले राससलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु उपत्यकाको शङ्खमुल, कलङ्की, लगनखेल, गोङ्गवु लगायका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया