बैंकिङ संकटका बीच अमेरिकामा रोजगारी बलियो
अमेरिका । गत महिना संयुक्त राज्य अमेरिकामा रोजगारीको अवस्था बलियो देखिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा संकटका बीच गत महिना अमेरिकामा दुई लाख ५३ हजार रोजगारी सिर्जना भएको हो ।
जुन धेरै विश्लेषकले आशा गरेभन्दा बढी भएको बीबीसीले जनाएको छ । उच्च सापटी लागतको प्रभाव र बैंकिङ क्षेत्रको संकटका बीच रोजगारी क्षेत्र बलियो देखिएको हो । बेरोजगारी दर समेत घटेर ३.४ प्रतिशतमा फर्किएको बताइएको छ । यसले अमेरिकी श्रम बजारले सघाएको देखिएको छ । अमेरिकी केन्द्रीय बैंकले अर्थतन्त्र सन्तुलनमा ल्याउन आक्रामक प्रयास गरेको थियो । फेडेरल रिजर्भले एक वर्षयता आफ्नो मानक ब्याजदर झण्डै शून्यबाट पाँचदेखि ५.२५ प्रतिशतको बीचमा उठाएको छ । यो गत वर्ष बढेको मूल्यवृद्धि नियन्त्रणका लागि रहेको थियो । यसले घर तथा गाडी किन्नेलाई भने महँगो पर्न गएको थियो । शुक्रबार सार्वजनिक रिपोर्टअनुसार श्रम विभागले फेब्रुअरी र मार्चमा श्रम बजार कमजोर बनिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया