एभरेष्ट बैंकको भैरहवा शाखा आफ्नै भवनमा
काठमाडौं । एभरेष्ट बैंकको भैरहवा शाखाले अब आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । बैंकले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ नारायणपथस्थित शाखा कार्यालय आइतबारदेखि वडा नं. १२ स्थित प्रहरी टेलमा आफ्नै भवनमा सारिएको जनाएको छ ।
नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा गरेका छन् । भवन उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाका नायब निर्देशक जीवनप्रकाश पाण्डे, जिप्रका रूपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लवप्रसाद कुइकेल र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर अहमद खाँले एभरेष्ट बैंकले भैरहवा र त्यस क्षेत्रको विकासमा राम्रो भूमिका खेलेको धारणा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले आफ्नै भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा उपभोग गर्नसक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्षदेखि निरन्तररूपमा बैंकका ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।
पंजाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा परेको बैंकमा हालसम्म करिब १३ लाख ग्राहक रहेको बैंकले जनाएको छ । बैंकले देशभर एक सय २४ शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, एक सय ६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया