ग्रामीण विकास लघुवित्तको नाफामा उच्च गिरावट
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ९० लाख छ हजार रूपैयाँ खुद मुनाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा २८ करोड ३४ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रूपैयाँ रहेको लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन अर्ब ७५ करोड ६३ लाख तीन हजार रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ७१ करोड ७६ लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६७ करोड ३१ लाख ७२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ८२ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जा सात दशमलव ९४ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले तीन अर्ब ९३ करोड ५२ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड ५७ लाख ४२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड ५६ लाख ७५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया