प्रभु लाइफको सेल्स मोटिभेसन कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका कोशी प्रदेश ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरूको सहभागीता रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस किसिमको सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरूको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हामीले आफ्नो कामलाई महत्वकासाथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौं र निरन्तरता दिऔं’, उनले भने ।
प्रभु लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा प्रष्ट पारे । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरे । कार्यक्रममा कोशी प्रदेश ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच/पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बी.पी. रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको थियो । ट्रेनर रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरू दिएका थिए । बीमा मध्यस्थकर्ताहरूको व्यवसायीक जीवनका आयामहरू र आगामी सहज एवं सफल यात्राका विषयहरू इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया