Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमध्यप्रदेश भारतमा पुलबाट बस खस्दा कम्तिमा १५ जनाको मृत्यु

मध्यप्रदेश भारतमा पुलबाट बस खस्दा कम्तिमा १५ जनाको मृत्यु


काठमाडौं । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर दुर्घटना भएको छ ।

पुलबाट बस बैराड नदीमा खस्दा २० २५ जना घाइते र १५ जनाको शव भेटिएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले बताएका छन् । नदीमा पानी नभएका कारण नदी सुख्खा थियो र त्यति धेरै क्षति हुन पाएन ।

मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया