Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाईरस विरुद्ध शुद्धोधन गाउँपालिका सक्रिय

कोरोना भाईरस विरुद्ध शुद्धोधन गाउँपालिका सक्रिय


बुटवल, चैत २४

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न राज्यका हरेक तह–तप्काले आ–आफ्नो स्थानबाट सक्दो प्रयासहरु गरेका छन् । त्यसमा पनि जनता सँग प्रत्यक्ष सरोकार राख्ने स्थानिय तहहरु बढी सक्रिय रुपमा लागेका छन् । १६ वटा स्थानिय तहहरु भएको रुपन्देहीमा पनि सबैजसो स्थानिय तहहरुले आ–आफ्नै तरिकाबाट विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । त्यस्तै शुद्धोधन गाउँपालिका रुपन्देहीले पनि कोरोना भाईरसका विरुद्ध चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले जनाकारी गराए ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार गाउँपालिकाले फाल्गुन देखि नै कोरोनाका विरुद्ध आवश्यक कामहरु गर्दै आएको छ । जस अन्र्तगत फाल्गुनमै मानव अधिकार तथा शान्ति समाजसँग समन्वय गरी कोरोना भाइरस नियन्त्रण गाउँपालिकाका मुख्य केन्द्रहरुमा जनचेतनामुलक सन्देशहरुका साथमाइकिङ र मास्क बितरण गरिएको छ। त्यस्तै चैत्र ४ गते बसेको बिपत ब्यवस्थापनसमितिको बैठकले स्वास्थ्य संस्था र सातै वडाकार्यलयहरुको समन्वयमा प्रत्येक टोल विकास समितिमार्फत समन्वय गर्दै प्रशिक्षण र सचेतना कार्यक्रमहरु पनि सम्पन्न गरेको छ ।

अन्य क्षेत्रबाट गाउँपालिकामा प्रवेश गर्नेहरुको लागि १४ दिन अनिवार्य क्वारेण्टाईनमा राख्ने राज्यको नीति अनुरुप चैत ११ गते गाउँपालिकामा कार्यपालिकाका पदाधिकारी,प्रदेश सभासदस्यद्वय तुलसी चौधरी,पुस्पा थारु,प्रमुख राजनैतिक दल, स्वास्थ्यकर्मीहरु सम्मीलित संयुक्त आकस्मिक बैठकलेवडा नं. ३ मा अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्णय गर्दै क्याम्पसमा २६ वेडको क्वारेन्टाइन स्थापना गरेको अधिकृत मरासिनीले जानकारी गराए । मरासिनीले उक्त क्वारेण्टाईनमास्वच्छ खानपान, चौबिसे घण्टा स्वास्थ्यकर्मी सेवा सहित उचित शुरक्षा सुरक्षा प्रवन्धको साथभारत तथा अन्य देशबाट आएकाहरुलाई १५ जनालाई राखिएको बताए ।

गाउँपालिकाकासबै वडा कार्यालयहरु,स्वास्थ्य चौकीहरु, व्यस्त चोकहरुमा साबुनपानीले हातधुने ब्यवस्था गर्दै कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र सातै वडा कार्यालयहरुमा कोरोना भाईरसका विरुद्ध आवश्यक सन्देश सहितको फ्लेक्सप्रिन्ट राखिएको बताउँदै मरासिनीले स्वास्थ्य कर्मिहरुलाई र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने ५५ थान पिपिई, तीन वटा इन्फाटेड थर्मोमिटर सेनिटाइजर,मास्क र पञ्जा खरिद गरि वितरण गरिएको पनि बताए ।

मरासिनीले भने – हामीले सुरुमै क्वारेन्टाइन र सबै स्वास्थ्य संस्थाहरुमा ग्लुटर डिभाइडर छर्ने सम्पन्न गरेका थियौं । सबै स्वास्थ्य संस्थाहरुमा र क्वारेन्टाइनमा स्वास्थ्य कर्मीहरुले आलोपालो गरी स्वास्थ्य सेवा दिन ३५ जना कर्मचारीहरु खटाइएका छौं ।शुद्धोधन जेसिजको सहयोगमा प्रत्येक वडालाई २५ किलोका दरले जम्मा एक सय ७५ केजी ब्लिचिङ छर्ने काम सम्पन्न भयो। इलाका प्रहरी कार्यालय छपिया र सशस्त्र प्रहरीहरु सँगको समन्वयमा अन्य देशहरूबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न सहजीकरण गर्दै माइकिङ पनि ग-यौं । माईकिङकै कारण सकारात्मक सन्देश प्रवाह भई बाहिरबाट आउनुभएका सबै जना क्वारेण्टाईनमा बस्नको लागि आउनुभयो ।

राहत वितरण एकद्वार प्रणालीबाट गरिएको बताउँदै मरासिनीले विभिन्न संघ संस्था, व्यक्ति विशेष, उद्योगी व्यावसायीहरुबाट कोरोना बिरुद्ध लड्नका लागि सहयोगहरु गरेको बताए । उनले टाइगर ब्रुअरीका प्रोपाइटर तेजेन्द्र खड्काबाट एक सय कुईन्टल चामल,शुद्धोधन अन्तर्गतका सहकारीहरुबाट दुई लाख रुपैयाँ, सुनगाभा सामुदायिक विकास केन्द्रबाट एक लाख रुपैयाँ,लुम्बिनी इटा ब्यवसायी संघबाट ३०हजार रुपैयाँ,शर्मिला इन्टिग्रेटेड एग्रीकल्चरबाट दश क्विन्टल चामल,महाकल्प सहकारी शुद्धोधन एक सय थान डिजिटल थर्मोमिटर ,कमल पन्थीबाट १५ हजार रुपैयाँ,वडा नम्बर ४ का वडाअध्यक्ष राजेन्द्र कंडेलबाट १५ हजार रुपैयाँ, शंकर माविका प्रधानाध्यापक टंक पौडेलबाट पाँच हजार रुपैयाँ सहयोग आएकोमा सहयोगी सबैलाई धन्यवाद पनि व्यक्त गरे ।

प्रत्येक टोलहरुबाट वडामार्फत असहाय,बिपन्न ज्याला मजदुरी गर्नेको ब्यक्तिहरुको लगत संकलन गरी बिपन्न भएनभएको एकिन पश्चात २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन र एक वटा साबुन वितरण गरेको बताउँदै मरासिनीले गाउँपालिका भित्र आठ सय ४२ घरपरिवारका चार हजार तीन सय ४५ जना लाभान्वित भएको बताए । उनले स्थानिय सरकार जनताको दुःख पीडामा मल्हम लगाउनको लागि बनेको सरकार भएको बताए ।

मरासिनीले वडा नं. ३ मा एक सय ५०घरपरिवारका सात सय ५५ जना, वडा नं. ४ मा एक सय ५० घर परिवारका सात सय ८० जना, वडा नं. ५ मा ८० घरपरिवाकाचार सय २० जना, लाभान्वित हुने गरि राहत वितरण गरिसकेको बताउँदै बाँकी वार्ड नं. १ मा ६८ घर परिवारका चार सय दश जना, वडा नं. २ मा एक ५० घरपरिवाकासात सय ५५ जना, वडा नं. ६ मा एक सय दश घर परिवारका पाँच सय ५५ जना र वडा नं. ७ मा एक सय २४ घरपरिवारका छ सय ३० जना लाभान्वित हुने गरी राहत वितरण कार्य अन्तिम चरण पुगेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x