Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली भुटानी शरणार्थी प्रकरण :पूर्व गृहमन्त्री खाड पक्राउ,रायमाझी अझै फरार !

नक्कली भुटानी शरणार्थी प्रकरण :पूर्व गृहमन्त्री खाड पक्राउ,रायमाझी अझै फरार !


काठमाडौं,भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाड बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थीसँग जोडिएको प्रहरी अनुसन्धानको सिलसिलामा खाण पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालले खाण उनको निवासबाट बुधवार बिहान पक्राउ परेको पुष्टि गरेका छन्।

खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। उक्त मुद्दामा प्रहरीले खोजी कार्य जारी राखेका नेकपा एमालेका सचिव तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्।

कैयौँ उच्च पदस्थ राजनीतिक तथा प्रशासन संयन्त्रका व्यक्तिहरूको मिलेमतोमा ठगीमा संलग्न सञ्जालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पुनर्वास गराउने भन्दै करोडौँ रुपैयाँ असुल गरेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाउँदै पछिल्लो सन्दिग्ध व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन थालेको छ।

उक्त सञ्जालसँग जोडिएका र राजनीतिक नेतृत्वसँग नजिकको सम्बन्ध भएका भनिएका कतिपय व्यक्तिहरू फरार रहेको विवरण आएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरू र राजनीतिक पहुँच भएका अरू व्यक्तिहरूको नाम मुछिएको र अनुसन्धानलाई मत्थर पार्न सरकार र प्रहरीलाई चर्को दबाव परेको आशङ्क व्यक्त भएको भए पनि आवश्यक अनुसन्धान अगाडि बढिरहेको गृह मन्त्रालयसँग सम्बद्ध स्रोतले यसअघि बताएको छ ।त्यस्तै,खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया