Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’को पीडा : दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

‘लकडाउन’को पीडा : दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि


काठमाण्डौं,चैत २४

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना संक्रमण महामारीले नेपाल पनि अक्रान्त छ । मुलुकभित्र सहजरूपमा संक्रमण नफैलियोस् भनेर सरकारले गत ११ गतेदेखि लगाएको लकडाउनका कारण मुलुकको आर्थिक जनजीवन जर्जर बन्दै गएको छ । दुई हप्ताको लागि सरकारले मुलुकभर लकडाउन गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधरण नागरिक, मजदुर, वृद्धवृद्धा र किसान परेका छन् । किसानहरूले खेतबारीमा लगाएको तरकारी बजारसम्म पु¥याउन नसक्दा र नपाउँदा त्यतिकै सुक्न थालेको छ । किसानबाट बजारमा पुगेको तरकारी पनि उपभोक्ताले सहजरूपमा खरिद गर्नसक्ने वातावरण छैन । एकातिर किसानले उत्पादन गरेको तरकारी लकडाउनका कारण बजारमा पु¥याउन नसकेर त्यतिकै खेतबारीमा सुकेर खेर जाने अवस्थामा छ भने उता उपभोक्ताहरूले सहज, सरल र सर्वसुलभ मूल्यमा पनि किन्न नपाएर अभाव झेल्नु परेको अवस्था छ । लकडाउनको मौका छोपेर केही व्यापारीहरूले सामानको मूल्यसमेत बढाएका छन् । यस्को प्रत्यक्ष असर उपभोक्ताले बेहोर्नु परेको छ ।

सरकारले अत्यावश्यक खाद्य वस्तुलगायत दैनिक उपभोग्य तरकारी, दुध, पानी, पेट्रोलियम पदार्थ, ओषधि बोक्ने सवारी साधन सञ्चालनमा रोक लगाएको छैन । तर पनि ठूला मालबाहक र सार्वजनिक यातयातका साधन पास अभावका कारण चल्न नसक्दा व्यापारीहरू गाउँघरसम्म तरकारी खरिदको लागि सहजरूपमा पुग्नसक्ने वातावरण छैन । सडक राजमार्ग नजिकका किसानले मात्र आफ्नो उत्पादन अहिले केही मात्रामा बजारमा पु¥याउन सकेका छन् । किसानले उत्पादन गरेको खाद्य सामग्री मरीतरी बजारसम्म आइपुगे पनि लकडाउनका कारण सहजरूपमा बिक्री वितरण हुन सकिरहेको छैन । यही कारण पनि तरकारी, फलफूल त्यसै सडेगलेर खेर गइरहेको छ । कालीमाटीस्थित तरकारी बजारमा आइपुगेको तरकारी पनि त्यहाँका व्यापारीहरूले सहजरूपमा बिक्री गर्ने बातावरण नभएको गुनासो उनीहरूको रहेको छ । प्रहरी प्रशासनले छ बजेपछि तरकारी लिन आउने उपभोक्ता र पसलेहरूलाई गेटभित्र पस्न नदिएकोले बजारमा आइसकेको तरकारी पनि सहजरूपमा बिक्री वितरण गर्न नपाउँदा त्यसै कुहिएर खेर गएको हो । यसले गर्दा एकातिर बजारमा उपभोक्ता महंगो मूल्य तिरेर किन्नुपरेको छ भने अर्कातिर बजारमा आइसकेको तरकारी पनि बित्रीm गर्न नपाउँदा बजारमा तरकारीको मूल्य अकासिएको छ । उता किसानले खेतबारीमा लगाएको उत्पादनले बजार नपाएकै कारण खेर जाने स्थितिमा पुगिसकेको छ ।

अहिलेको सिजन भनेको जाडो पूर्णरूपमा सकिएर गर्मी सुरु भइसकेको अवस्था छ । यो मौसममा उत्पादित तरकारी, फलफूल, दही, दुध लामो समयसम्म जोगाउन सक्ने अवस्था पनि रहँदैन । यसलाई गर्मीले असर पु¥याउँछ नै । त्यसो त सहर बजारमा साना र मझौला तरकारी व्यवसाय गर्दै आएका व्यवसायीहरू पनि लकडाउन कारण पसल बन्द गरेर आफ्ना बालबच्चासहित जन्मथलो गाउँघर फर्किसकेका छन । यही कारण अहिले संघीय राजधानी र सहर बजारको जनसंख्या पनि घटेको महसुस गर्न सकिन्छ । सहर बजारमा डेरा गरेर बस्ने अधिकांश मानिसहरू घर फर्किएपछि दैनिक उपभोग्य वस्तुको उपभोगमा पनि कमी आएको छ । लकडाउन र मानिसको कमीका कारणले गर्दा पनि बजारमा उपलब्ध तरकारी, फलफूल, दही दुध र पेय पदार्थको खपत र कारोबारमा पनि कम आएको बताइएको छ । सानातिना व्यवसाय गरेर सहर बजारमा बसोबास गर्नेहरू आफ्नो जन्मथलो फर्किएकोले गाउँघरमा उत्पादित तरकारी, माछा मासु र दही दुधले बजार पाइरहेको छ । गाउँघरमा उत्पादित ती सामग्री उतै खपत हुनथालेपछि किसानहरू पनि खुशी र दङ्ग छन । आफूले उत्पादन गरेको चीज गाउँघरमा नै खपत भएपछि उनीहरूले दुईचार रूपैयाँ आम्दानी पनि गर्न सकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x