Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकृषि र व्यापार क्षेत्रलाई टेवा पु-याउँदै करेन्ट चाउचाउ

कृषि र व्यापार क्षेत्रलाई टेवा पु-याउँदै करेन्ट चाउचाउ


काठमाडौं । यसोदा फुड्सको करेन्ट चाउचाउ अहिले नेपाली बजारमा निकै प्रख्यात बनेको छ । देशभित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको देखिन्छ ।

स्वदेशमै बिदेशीस्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै करेन्ट भारत, अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ । देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १५ हजार मानिसलाई रोजगारी दिँदै आएको करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको जनाएको छ ।

सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्यांकले बताउँछ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यात मार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको दाबी गरेको छ ।

लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गरेको थियो । उत्पादनको छ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष एक करोड अमेरिकी डलर (करिब एक अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ ।

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ’, कम्पनीको भनाइ छ ।

नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया