Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिटेक हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

युनिटेक हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


काठमाडौं । युनिटेक हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ । युनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गर्ने एक सय रुपैयाँँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँबराबरको ३६ लाख ६७ हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीको प्रबन्ध क्यापिटलले गर्नेगरी हाइड्रोपावर कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

युनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गाउँपालिकामा अवस्थित माथिल्लो पावाखोलामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । पाँच दशमलव आठ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य ९० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया