भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा
पोर्ट भिला, भानुआतु, २४ चैत
प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् । ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका धेरै भागमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । आँधीका कारण सोमबार बिहान दुर्गम पूर्वी तटीय एस्पिरिटु सान्टोमा पहिरो गएको र त्यहाँबाट आँधी भानुआतुको दोस्रो ठूलो शहर लुगानभिल्लेमा प्रवेश गरेको थियो । यो शहरमा १६ हजार ५०० को बसोबास छ । यो आँधी मंगलबार राजधानी पोर्ट भिलाहुँदै उत्तरतर्फ लाग्ने अनुमान गरिएको छ ।
भानुआतुका अधिकारीहरुले ठाउँठाउँमा बाढी आउने तथा विशाल समुद्रमा तैरिरहेका डुंगाहरुलाई किनारामा ल्याएर राम्रोसँग राख्न अनुरोध गरेका छन् । उता, कोरोनाभाइरसका कारण भानुआतुका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै मानिसहरुलाई ठूलो समूहमा भेला नहुन आदेश जारी गरिएको छ । भानुआतु रेडक्रसका विपद संयोजक अगस्टाइन गाराले कोविड–१९ सँग जुध्नु परेको भानुआतुले फेरि आकस्मिक सामुद्रिक आँधीको विपद् खेप्नु परेको बताउनुभयो । यसअघि सन् २०१५ मा आएको पाम नामकरण गरिएको आँधीका कारण भानुआतुमा अन्तर्राष्ट्रिय सहायता परिचालन गर्नु परेको थियो । यसपटकको ह्यारोल्ड आँधीबाट प्रभावितका लागि राहत उपलब्ध गराउनु परेको खण्डमा कोरोनाभाइरस पनि सँगै भानुआतु भित्रिने आशंका स्थानीय अधिकारीमा रहेको छ । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया