Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ बचत खाता सार्वजनिक

सिद्धार्थ बैंकको नयाँ बचत खाता सार्वजनिक


काठमाडौं । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ–पे एन्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याइएको हो ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सय रुपैयाँँभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि स–साना बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ । यो खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ । साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ ।

क्यासब्याक योजनाअन्तर्गत अभिभावकले डेबिट कार्डमार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँँको कारोबार गर्दा कारोबार रकमको पाँच प्रतिशत (अधिकतम एक सय रुपैयाँँ) क्यासब्याक पाउन सक्नेछन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरूको खातामा जम्मा हुनेछ । खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै सानो बचत गरी आफ्नो बालबालिकाहरूको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले देशभर रहेका एक सय ९५ वटा शाखा कार्यालयबाट सहजै यो बचत खाता खोल्न सकिने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया