Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औँ वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बैंकका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले पुरस्कार वितरण गरी कर्मचारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्यसम्पादन गरेबापत सर्वोत्कृष्ट बैंक पुरस्कार आर्थिक वर्ष २०७८/७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आर्थिक वर्ष २०७७/७८ को ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतलाई जनही नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गरेबापत आर्थिक वर्ष २०७८/७९ मा अन्य ३३ जना र आर्थिक वर्ष २०७७÷७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा शाखा कार्यालयहरूमध्ये आर्थिक वर्ष २०७८/७९ मा शाखा कार्यालय बिराटनगर र आर्थिक वर्ष २०७७/७८ शाखा कार्यालय सूर्यविनायकलाई प्रतिशाखा नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी अन्य उत्कृष्ट कार्यसम्पादन गर्ने आर्थिक वर्ष २०७८/७९ मा १७ वटा शाखा र आर्थिक वर्ष २०७७/७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरूलाई जनही नगद १० हजारदेखि ३० हजार रुपैयाँँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । साथै, कार्यक्रममा कर्मचारीहरूलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेसनल लिडरसिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकहरूलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीहरूले दक्षतापूर्णरूपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्नेगरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रावा बैंक कर्मचारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राईलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया