Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सन ईभी म्याक्स नेपालमा सार्वजनिक

नेक्सन ईभी म्याक्स नेपालमा सार्वजनिक


काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । नेक्सन ईभीको यो नयाँ गाडी सात दशमलव दुई किलोवाट चार्जिङ व्यवस्थासहित उपलब्ध गराएको छ ।

उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकलाई लक्षित नेक्सन ईभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइमा पु-याउने अपेक्षा राखेको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीनवटा आकर्षक रङहरुमा उपलब्ध छ ।

त्यसैगरी, स्ट्यान्डर्ड रंङको रुपमा डुएल टन बडी पनि उपलब्ध छ । ४०.५ किलोवाट–प्रतिघण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याकजडित नेक्सन ईभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीभन्दा ३३ प्रतिशतले बढी रहेको कम्पनीको दाबी छ । यहीकारण यो गाडीले एआरएआईद्वारा प्रमाणित चार सय ५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने कम्पनीले जनाएको छ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त दुई सय ५० एनएम बराबरको टर्क पैदा गर्छ ।

यो गाडीमा प्रयोग भएको सात दशमलव दुई किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले साढे छ घण्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्ने बताइएको छ । नेक्सन ईभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डीसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्धनिर्देशक शैलेस चन्द्रले कम्पनीले नेपालको विद्युतीय सवारीसाधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको बताए । उनले यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने विश्वास गरेका छन् ।

सिप्रदी ग्रुप अफ कम्पनीका अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणाले नेक्सन ईभी म्याक्स नेपाली ग्राहकहरुको बदलिँदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने सौगात भएको बताइएको छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । यस्तै नेक्सन ईभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तीनवटा मोडहरुमा उपलब्ध छ ।

यस विद्युतीय एसयूभीमा सुरक्षाको निम्ति आई–भीबीएसी सहितको ईएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेकलगायतका गुणहरु छन् । आठ वर्ष वा एक सय ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आईपी ६७ द्वारा प्रमाणित पनि छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया