काठमाडौं, चैत २५
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गरेको हो । भावी गभर्नरको लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. चिरञ्जीवी नेपाल रहेका थिए । डा. नेपालको कार्यकाल सकिएपछि सरकारले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामुु गभर्नरको जिम्मेवारी सुम्पेको थियो । झण्डै एक महिना नेतृत्वविहीन भएको नेपाल राष्ट्र बैंकले अधिकारीलाई १७औं गभर्नरको रुपमा पाएको हो ।
गभर्नर नियुक्त हुुनुुअघि अधिकारी लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने त्यसअघि नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नरको रुपमा अवकाश पाएका थिए । तत्कालीन समयमा हाल अर्थमन्त्रीको रुपमा रहेका युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर पदमा रहँदा अधिकारी पनि राष्ट्र बैंकमा नै रहेका थिए । मुुलुकको सिंगो वित्तीय प्रणालीलाई निकै नजिकबाट नियालेका अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
- साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया