पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु
पाकिस्तान, पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।
नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए ।
राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो ।देशको सङ्घीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया