Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक

सामसङको ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक


काठमाडौं । सामसङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ । कम्पनीले यसपटक नेपाली बजारमा ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक गरेको हो । यो फोन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भूत गुणहरुले भरपूर रहेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि ¥यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भूत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरुसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

यस्तै कम्पनीले ६/१२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ र ८/१२८ जिबिको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया