Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त

चिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त


चीन । चिनियाँ बैंकहरुले गत अप्रिल महिनामा सात सय १९ बिलियन युआन (एक सय चार बिलियन अमेरिकी डलर) बराबरको नयाँ युआन ऋण विस्तार गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ६४.९ बिलियन युआन बढी रहेको पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले जनाएको छ । पीबीओसीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकहरुको ऋण विस्तार सामान्य बढेको देखिएको हो ।

चिनियाँ बैंकहरुले सन् २०२३ को पहिलो त्रैमास (जनवरीदेखि मार्चसम्म) १५.३९ ट्रिलियन युआन ऋण विस्तार गरेका थिए । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५४ ट्रिलयन युआन बढी हो । यसको तुलनामा अप्रिलमा निकै कम युआन ऋण विस्तार भएको पीबीओसीले उल्लेख गरेको छ ।

यस्तै नयाँ थपिएको कूल सामाजिक वित्त, वास्तविक अर्थतन्त्रले वित्तीय प्रणालीबाट प्राप्त गर्ने रकम अप्रिलमा १.२२ ट्रिलियन युआनले बढेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा झण्डै २७३ बिलियन युआन बढी हो ।

ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री पाङ मिङ्ले ऋण विस्तार र नयाँ ऋणको सुस्त गतिका कारण बैंकहरु पहिलो त्रैमासदेखि नै दबाबमा रहेको बताए । उनले भनेका छन् ‘मौद्रिक नीतिले दोस्रो त्रैमासमा ऋणको विस्तार बलियो गरी बढ्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया