Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘इन्ड्या एण्ड फाबले’को पहिलो आउटलेट लबिम मलमा

‘इन्ड्या एण्ड फाबले’को पहिलो आउटलेट लबिम मलमा


काठमाडौं । भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।

वैशाख १७ गतेदेखि सञ्चालमा आएको यस इन्ड्या एण्ड फाबले ब्रान्ड एक एथनो फ्युजन ब्रान्ड हो, जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो । फाबलेको पहिलो स्टोर यसअघि नै पोखरामा सञ्चालनमा आइसकेको छ । बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाई स्ट्रिट एसेन्सियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चर्चाले गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया