Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुका तीन जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

सोलुखुम्बुका तीन जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ


सोलुखुम्बु,चैत २५
वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । थुलुङ दुधकोसी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । परीक्षण गरिएको तीनै जनाको रिपोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरूको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा नम्बर ८ देउसाका सूर्य राई फ्लाइ दुवईबाट, सोही दिन हिमालयन एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सूर्य राई र चैत ७ गते नेपाल एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए ।

उनीहरूलाई गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाइनमा राखिएको अध्यक्ष राईले बताए । यस्तै वैदेशिक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले सेल्फ होम क्वारेनटाइनमा बसेका छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ । यसअघि कोरोना संक्रमित युवतीसँगै आएका गाराखानीका युवक र तिङ्लाकी युवतीको काठमाडौँको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरूको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । जिल्लाबाट अहिलेसम्म स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x