निर्धन उत्थानको नाफामा उच्च गिरावट
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ४० लाख २४ हजार तीन सय छ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ८० करोड २६ लाख ९७ हजार छ सय ४७ रुपैयाँ रहेको थियो ।
दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चैत मसान्तसम्म १९ अर्ब छ करोड ३२ लाख ९२ हजार आठ सय १६ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५७ करोड ९० लाख ३० हजार छ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा एक अर्ब ४० करोड ९७ लाख ५२ हजार पाँच सय पाँच रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा १२ दशमलव शून्य नौ प्रतिशत छ । वितरणयोग्य मुनाफा तीन करोड ४३ लाख ३८ हजार नौ सय ५९ रुपैयाँ छ ।
लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब १८ करोड २८ लाख २९ हजार पाँच सय २२ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १६ करोड ८९ लाख ९४ हजार एक सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा एक अर्ब ५६ करोड ९७ लाख ९२ हजार नौ सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा लघुवित्तको निष्क्रिय कर्जा तीन दशमलव ३३ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया