Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तको गोष्ठी सम्पन्न

मानुषी लघुवित्तको गोष्ठी सम्पन्न


काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखाअन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गोष्ठीलाई सम्बोधन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले न्यूनवर्गीय महिलाको दैनिकीमा लघुवित्तले दिने सेवाबाट परेको प्रभावबारे प्रकाश पारेकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले महिला उद्यमशीलताको विकासका लागि लघुवित्तले सहजीकरण गरी समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम् भूमिका खेलेको बताए । कार्यक्रममा संस्थामा आबद्ध महिलाहरुले आफ्नो सीप प्रयोग गरी बनाएका विभिन्न सामानहरुको प्रदर्शनी गरिएको थियो । यस्तै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको लघुवित्तले जनाएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । लघुवित्तले विभिन्न १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार चार सय ३२ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया