कोरोना संक्रमित १४ मुलुकबाट साढे तीन सय दोलखाली गाउँ फर्के, क्वारेन्टाइन भने खाली
दालखा,चैत २५
कोरोना संक्रमित विभिन्न १४ वटा मुलुकबाट करिब साढे तीन सय व्यक्ति जिल्ला भित्रिएका छन् । अध्ययन र रोजगारीका सिलसिलामा विदेशिएका उनीहरू उक्त देशमा कोरोनाको संक्रमण देखिएपछि नेपाल फर्किएका थिए । विदेशबाट नेपाल फकिएका नेपाललाई क्वारेन्टाइनमा राख्ने भनिए पनि उनीहरू हालसम्म स्थानीय निकायले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छैनन् । जिल्लाभर स्थानीय तहले बनाएको क्वारेन्टाइन रित्तै रहेका छन् । दोलखामा कोरोना संक्रमित देश भारत, मलेसिया, दुवई, कतार, जापानलगायतका १४ मुलुकबाट मानिसहरू फर्किएका छन् । जिल्लाभरि तीन सय ४८ जना व्यक्तिहरू विदेशबाट फर्किएको तथ्यांक स्थानीय तहहरूले सार्वजनिक गरेका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट दुई सय ९८ जना दोलखा आएका छन् भने दुवईबाट १८ र दक्षिण कोरियाबाट १० जना जिल्ला आएका छन् । त्यसैगरी कतारबाट सात जना, मलेसियाबाट छ जना साउदी अरेबीयाबाट छ, जापानबाट दुई जना दोलखा भित्रिएका छन् भने बहराइन, बंगलादेश, अमेरिका, साइप्रस, कम्बोडिया र इराकबाट एक÷एक जना जिल्ला फर्किएका छन् । विदेशबाट गाउँ फर्केका उनीहरू स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्न नमानेपछि घरमा नै होम क्वारेनटाइन बनाएर बस्न लगाएको स्थानीय प्रशासनले जनाएको छ । होम क्वारेन्टाइन रहेका सबै मानिसको स्वास्थ्य अवस्थाको बारेमा स्थानीय नगरपालिका र गाउँपालिकाको स्वस्थ्य कार्यालयले नियमित निगरानी गर्ने गरेको छ ।
जिल्लाको भीमेशवर नगरपालिकामा ३१ जना मानिसहरू विदेशबाट फर्किएका छन् । जसमा सवैभन्दा बढी भारतबाट १७ जना, कतारबाट पाँच, दक्षिण कोरियाबाट तीन तथा अमेरिका, साउदी अरेबीया र बहराइनबाट एक÷एक जना फर्किएको भीमेश्वर नगरपालिकाले जनाएको छ । होम क्वारेन्टाइनमा बसेका उनीहरूमा हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको नगरपालिका मेयर भरत केसीले जानकारी दिए । यस्तै जिरी नगरपालिकामा २१ जना मानिसहरू विदेशबाट भित्रिएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट १९ जना आएका छन् भने दुवई र कम्बोडियाबाट एक÷एक जना आएका छन् । दोलखाका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी जिल्लाको कालिञ्चोक गाउँपालिकामा ९३ जना मानिसहरू विदेशबाट फर्किएका छन् । कालिञ्चोक गाउँपालिकामा ८६ जना भारतबाट, ६ जना दुवईबाट र एक जना मलेसियाबाट फर्किएका छन् । यसैगरी विगु गाउँपालिकामा ३० जना मानिसहरू विदेशबाट फर्किएको बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । बिगुमा पनि सवैभन्दा बढी भारतबाट १९, दुवईबाट ५, मलेसियाबाट तीन, साउदीबाट दुई र साइप्रसबाट एक जना नागरिक पालिकमा फर्किएका छन् । गाउँ फर्केका ३० जना नै होम क्वारेन्टाइनमा बसेको खड्काले जानकारी दिए । बैतेश्वर गाउँपालिकामा २७ जना नागरिक विदेशबाट गाउँ फर्किएका छन् । बैतेश्वरमा सबैभन्दा बढी भारतबाट २१ जना, दक्षिण कोरियाबाट ५ जना र बंगलादेशबाट एक जना फर्किएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । बैतेश्वरमा विदेशबाट फर्किएकाहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको र सबैको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै मेलुङ गाउँपालिकामा भारतबाट १० जना, दुवईवाट दुई जना, जापान र कतारबाट एक÷एक जना गरी १४ जना गाउँ फर्केको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिकाले विदेशबाट गाउँ फर्केका सबैको घरमा रातो झण्डा राखेको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा ३७ जना मानिस विदेशबाट फर्किएका छन् । जसमा ३५ जना भारतबाट, एक जना जापान र एक जना मलेसियाबाट फर्किएको गौरीशंकर गाउँपालिकाकाले जनाएको छ । यता जिल्लाको तामाकोशी गाउँपालिकामा ८७ जना मानिस विदेशबाट फर्किएका छन् । तामाकोशीमा गाउँपालिकामा भारतबाट ८४ तथा मलेसिया, कतार र दुवईबाट एक÷एक जना मानिस गाउँ फर्केका हुन् । शैलुङ गाउँपालिकामा सबैभन्दा कम मानिस विदेशबाट फर्केका छन् । शैलुङमा ८ जना मात्रै मानिसहरू विदेशबाट फर्किएका गाउँपालिकाले जनाएको छ । शैलुङमा भारतबाट ४ जना, दुवईबाट तीन जना र इराकबाट एक जना आएको शैलुङ गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
- पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया