Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली काँग्रेस निकट ट्रेड युनियनहरुको छाता संगठनद्वारा अधिवेशन बहिस्कार

नेपाली काँग्रेस निकट ट्रेड युनियनहरुको छाता संगठनद्वारा अधिवेशन बहिस्कार


 नेपाल स्वास्थ्यकर्मी संघ सर्लाही, नेपाल प्रेस युनियन सर्लाही र नेपाल शिक्षक संघ सर्लाहीले नेपाली काँग्रेस निकटका ट्रेड युनियनहरुको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन बहिस्कार गरेका छन् ।

स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामस्वरुप राय, प्रेस युनियनका अध्यक्ष कृष्ण प्रसाद थपलिया र नेपाल शिक्षक संघका अध्यक्ष प्रवीण कुमार पासवानले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दैै अधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, –‘नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिबाट गरिएको कुठाराघा पूर्ण क्रियाकलाप व्यक्तिगत स्वार्थका कारण पूर्ण राजनैतिक रुपले ओतप्रोत भई सर्लाही जिल्लाका श्रमिकहरुको वर्गिय हित र अधिकार माथि आँच आउने र ठेस पुग्ने गरि गरिएको क्रियाकलाप प्रति यस जिल्लाका क्रियाशील आवद्ध संस्था नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र नेपाल स्वास्थ्यकर्मी संघ खेद प्रकट गर्दछ ।

अधिवेशन सुरु गरिसकेपछि मात्रै नेपाल प्रेस युनियनको सदस्यता प्रमाणिकरण भएको मौखिक जानकारी गराउनु दुःखद हो । ’विज्ञप्तीमा भनिएको छ ।विज्ञप्ती मार्फत राष्ट्रिय समितिले गोप्य रुपमा मिति निर्धारण गरेको, विद्यान विपरीत जिल्ला कार्यबाहक अध्यक्षले कार्यसमितिको पूर्ण बैठक नै नगरी क्रियाशिल आवद्ध संस्था र सदस्यहरुलाई पूर्णरुपले जानकारी नै नहुने गरी २४ घण्टाभित्रमा अधिवेशन गर्न गरेको निर्णय मान्य नहुने र सो जिल्ला अधिवेशन जिल्लाकै सबैभन्दा ठुलो र क्रियाशील आवद्ध संस्थाहरु नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र नेपाल स्वास्थ्यकर्मी संघले आधिकारीक रुपमा भाग लिन सक्ने समय सिमा नभएकाले बहिसकार गर्ने घोषणा गरेका छन् ।

उनीहरुले विज्ञप्तीमा भनेका छन्, ‘यसबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय समिति, प्रदेश समिति र जिल्ला समितिमा रहने छ ।

ट्रेड युनियन काँग्रेस सर्लाहीका कार्यबहाक अध्यक्षले अधिवेशनको मितिवारे जानकारीनै नगराए पछि अधिवेशन कहिले हुन्छ भनि बुझ्न पुगेका केही आबद्ध संस्थाका अध्यक्षसंग २४ घण्टा भित्रै अधिवेश गर्ने समयसीमा निर्धारण गराएका थिए ।

विरोधका बावजुत मायुनुटमा हस्ताक्षर गराएपिछि आफ्ना सदस्यहरुले भागलिन नसक्ने गरि अधिवेशन सुरुगरेर नामावली दिने काम गरेको भन्दै,नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, र नेपाल स्वास्थ्यकर्मी संघसर्लाहीले अधिवेशन बहिस्कार गर्दै, सवै संगठनलाई अधिवेशनमा भागलिने वातावरण तयार गर्न माग गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया